
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स (आरआर) ले सानदार जित निकालेको छ । गए राति भएको खेलमा उसले गुजरात टाइटन्स (जीटी) लाई ८ विकेटले हराएको हो ।
गुजरातले जीतका लागि दिएको २१० रनको लक्ष्य राजस्थानले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीले ३८ बलमा १०१ रन बनाए । उनले ३५ बलमा शतक पुरा गरे । उनी आईपीएल क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
अर्का ओपनर यशस्वी जैसवालले अविजित ७० रन जोडे । कप्तान रियान पराग ३२ रनमा अविजित रहे । गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २०९ रन बनाएको थियो । उसका कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाए । जोस बटलर ५० रनमा अविजित रहे । राजस्थानका महिश थिक्सानाले २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले एक/एक विकेट लिए । जीतसँगै राजस्थान १० खेलमा ६ अङ्कसहित आठौं स्थानमा छ । गुजरात ९ खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा शुरू हुनेछ ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय