१४ वर्षीय वैभवको शतकसँगै आरआरको सानदार जित, जिटी पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स (आरआर) ले सानदार जित निकालेको छ । गए राति भएको खेलमा उसले गुजरात टाइटन्स (जीटी) लाई ८ विकेटले हराएको हो ।

गुजरातले जीतका लागि दिएको २१० रनको लक्ष्य राजस्थानले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीले ३८ बलमा १०१ रन बनाए । उनले ३५ बलमा शतक पुरा गरे । उनी आईपीएल क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

अर्का ओपनर यशस्वी जैसवालले अविजित ७० रन जोडे । कप्तान रियान पराग ३२ रनमा अविजित रहे । गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २०९ रन बनाएको थियो । उसका कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाए । जोस बटलर ५० रनमा अविजित रहे । राजस्थानका महिश थिक्सानाले २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले एक/एक विकेट लिए । जीतसँगै राजस्थान १० खेलमा ६ अङ्कसहित आठौं स्थानमा छ । गुजरात ९ खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा शुरू हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार