
काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत आइतबार भएको पहिलो खेलमा कीर्तिपुरले रोएललाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा कीर्तिपुरले रोएललाई ८८-६७ ले पराजित गरेको हो ।
प्लेअफ होडबाट यसअघि नै बाहिरिसकेको कीर्तिपुरले अन्तिम लिग खेल जित्दै प्रतियोगिता सकाएको हो ।
कीर्तिपुरले १४ मध्ये ४ खेलमा जित र १० हारबाट १८ अंक जोडेर पाँचौ स्थानमा रह्यो । रोएलले भने १४ मध्ये २ खेल मात्र जित्दा १२ खेलमा पराजित भयो । रोएलले १४ खेलबाट १६ अंक जोड्यो । पहिलो क्वाटरमा दुवैले १६-१६ अंक जोडेको थियो । दोस्रो क्वाटर कीर्तिपुरले २८-१८ ले आफ्नो पक्षमा पारेपछि हापटाइसम्म ४४-३४ को अग्रता बनायो । तेस्रो क्वाटरमा दुवैले समान २० अंक जोडे । कीर्तिपुरका सोनम महर्जन म्यान अफ दि म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको एचजेएनबीएलमा ८ टिमले डबल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । जसमा त्रिभुवन आर्मी, गोल्डेनगेट बास्केटबल क्लब, टाइम्स बास्केटबल क्लब र केभिसी हाउण्ड्स शीर्ष चारमा रहेर प्लेअफमा पुग्दा कीर्तिपुर र रोएलसँगै प्लेक्स एरेना र सोलो बास्केटबल भने प्लेअफ होडबाट बाहिरिएका छन् । ८ मध्ये बटम चारमा रहने चार टोली भने रेलिगेट हुने अब अर्को संस्करणका लागि क्वालिफायर खेल्नुपर्ने नेबा अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।
शीर्ष चार टोली भने उपाधि होडमा कायम छ । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम