
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) शीर्ष स्थानमा उक्लिएको छ । हिजोको खेलमा दिल्ली क्यापिटल्सलाई छ विकेटले हराएर आरसीबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
दिल्लीले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको आरसीबीले १८ ओभर तीन बलमा चार विकेट गुमाएर पुरा गर्यो । दिल्लीका केएल राहुलले ४१ र ट्रिस्टान स्टब्सले ३४ रन बनाए । अभिषेक पोरेले २८ रन जोडे । आरसीबीका भुवनेश्वर कुमारले तीन र जोश हेजलउडले दुई विकेट लिए ।
त्यसअघि अरूण जैटली स्टेडियममा टस जितेर फिल्डिङ रोजेको आरसीबीले एक सय ६५ रन बनाएको थियो । आरसीबीका क्रुनाल पाण्ड्याले सबैभन्दा धेरै ७३ र विराट कोहलीले ५१ रन बनाए । दिल्लीका अक्षर पटेलले दुई विकेट लिए । १० खेलबाट १४ अङ्क बनाउँदै आरसीबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नौ खेलमा १२ अङ्कसहित दिल्ली चौथो स्थानमा छ ।
यसअघि हिजो भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ । मुम्बईले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर एक सय ६१ रन मात्र बनाउन सक्यो । लखनउका लागि आयुष बोधानीले सर्वाधिक ३५ रन बनाए । मुम्बईका जसप्रति बुमराहले चार र ट्रेन्ट बोल्टले तीन विकेट लिए ।
त्यसअघि मुम्बईका ओपनर रायन रिकोन्टन र सूर्यकुमार यादवको अर्धशतकमा मुम्बई इन्डियन्सले सात विकेट नोक्सानीमा दुई सय १५ रन बनाएको थियो । रायनले सर्वाधिक ५८ र सूर्य कुमारले ५४ रन बनाए । लखनउका मयंक यादव र आभेष खानले समान दुई विकेट लिए । आइपीएलमा मुम्बईको १२ अङ्कसहित तेस्रो स्थानमा रहँदा १० अङ्कका साथ लखनउ छैटौं स्थानमा छ । आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् ।













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन