
काठमाडौं । ओपनर बेन डकेटले दोस्रो पारीमा शतक पूरा गरेपछि पहिलो टेस्टमा इङ्ग्ल्याण्डले भारतलाई ५ विकेटले हराएको छ । सन् २०२७ सम्म संचालन हुने वल्र्ड टेस्ट च्यापियन्ससिप अन्तर्गत जारी ५ टेस्ट सिरिजमा घरेलु टोलीले १–० ले अग्रता बनाएको छ ।
३ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले पाँचौं तथा अन्तिम दिन मंगलवार १४ ओभर बाँकी रहँदा ५ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्याण्डका ओपनर डकेटले १ सय ४९ रनको महत्वपूर्ण इनिङ खेले । पहिलो विकेटका लागि डकेटले र ज्याक क्रलीले १ सय ८८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । क्रलीले ६५ रन बनाए । ओली पोप ८ रनमा आउट भए । तेस्रो विकेटका लागि डकेटले जो रुटसँग ४७ रनको साझेदारी गरे । रुट ५३ रनमा अविजित रहे ।
कप्तान बेन स्टोक्स र रुटले पाँचौं विकेटका लागि ४९ रनको साझेदारी गरे । कप्तान स्टोक्स ३३ रन जोडे । रुसले विकेट किपर जेमी स्मिथले छैठौं विकेटका लागि ७१ रनको साझेदारी गरे । स्मिथ ४४ रनमा अविजित रहे । भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णाले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिए । पहिलो इनिङमा ६ रनको अग्रता लिएको भारतले दोस्रो इनिङमा ३ सय ६४ रन जोडेपछि घरेलु टोलीले ३ सय ७१ रनको विशाल लक्ष्य पाएको थियो ।
दोस्रो इनिङमा भारतका लागि ऋषभ पन्त र केएल राहुलले शतक बनाएका थिए । पहिलो इनिङमा इङ्ग्ल्याण्डले ४ सय ६५ रन जोडेको थियो । त्यसअघि भारतले पहिलो इनिङमा पहिला कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो । दोस्रो टेस्ट असार १८ गते (जुलाई २) सुरु हुनेछ ।












समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना