गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी उक्त सेयर बिक्रीमा राखेको हो ।

इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट पूर्ण आवेदन नपरेमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार