
काठमाडौं । यो साता नेप्से परिसूचक २ प्रतिशत बढेर कारोबार भएको छ । गत साता २७८२.१८ विन्दुमा बन्द भएको नेप्से, यो साता २ प्रतिशत अर्थात ५५.५९ अंक बढेर २८३७.७७ विन्दुमा बन्द भएको हो ।
यो साता ६ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ४.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५८ अंक बढेको छ। नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा १२ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ५४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २०.५० प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या १९.४० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २४.६६ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ३० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९४ अर्ब रुपैयाँ बढेर ४८ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ८.४० प्रतिशत बढेको छ । गत साता १० हजार ७४०.२२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९०२.१५ अंक बढेर ११ हजार ६४२.३७ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो ।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत घटेको छ। गत साता ३९१६.३० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११५.९३ अंक घटेर ३८००.३७ विन्दुमा झरेको हो । अंकका आधारमा यस साता यसै उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू