
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ८० पैसा र बिक्रीदर १०८ रुपैयाँ २६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २८ पैसा र बिक्रीदर चार रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४४ पैसा र बिक्रीदर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ १८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८२ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह