
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले प्रस्तावित लाभांशका लागि सेयरधनीको नाम सुरक्षित हुने अन्तिम म्याद आज मङ्सिर ३ गते निर्धारण गरेको छ।
साधारणसभा तथा लाभांश वितरणसम्बन्धी प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुस ३ गतेसम्म नेप्सेमा बैंकको सेयर खरिद गरी कायम रहेका सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको नाफाबाट सेयरधनीलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। यसअन्तर्गत हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर समेत ५ प्रतिशत नगद लाभांश समावेश गरिएको छ। हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरूको खातामा वितरण हुने व्यवस्था रहेको छ। बैंकले उक्त साधारणसभा पुस १८ गते आयोजना गर्ने जनाएको छ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै