
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सको अपराजित यात्रा जारी रहेको छ । चार खेलमा चार जित निकालेर शिर्ष स्थानमा रहेको राजस्थानले गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई ६ विकेटले पराजित गरेको हो ।
जितका लागि पाएको २०२ रनको लक्ष्य राजस्थानले १८ ओभरमा मात्रै ४ विकेट गुमाएर पुरा गर्यो । उसका लागि वैभव सूर्यवंशी र ध्रुव जुरेलले अर्धशतक प्रहार गरे । सूर्यवंशीले ७८ रन बनाए भने जुरेलले ८१ रनको अविजित पारी खेले । सूर्यवंशी र जुरेलले मिलेर पावरप्लेमा ९७ रनको साझेदारी गर्दै राजस्थानलाई बलियो अवस्थामा पुर्याएका थिए ।
सूर्यवंशी आउट भएपछि पनि जुरेलले पारी सम्हाल्दै टोलीलाई सहज जिततर्फ डोर्याए । उनले रविन्द्र जडेजा (नटआउट २४ रन) सँग महत्वपूर्ण साझेदारी गर्दै लक्ष्य पूरा गराए । आरसिबीका लागि जस हेजलउड र कुर्नाल पाण्ड्याले समान दुई दुई विकेल लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । टोलीका लागि रजत पाटिदारले ६३ रन बनाए भने वेंकटेश अय्यर २९ रनमा अविजित रहे । विराट कोहली ३२ रन जोडे । राजस्थानका लागि जोफ्रा आर्चर र रवि बिश्नोईले समान २ विकेट लिए । लगातार चौथो जित निकालेको राजस्थान ८ अंक सहित शीर्ष स्थानमा रहेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू