
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबारको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ। १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाउँदै सहज जित निकालेको हो।
दिल्लीको जितमा सामिर रिज्वी नायक बने। उनले ५१ बलमा समान ७ छक्का र चौकासहित शानदार ९० रन बनाउँदै टोलीलाई जितसम्म पुर्याए। उनले आइपिएल लगातार दोस्रो पटक ‘प्लेयर अफ द म्याच’ पनि जिते। अघिल्लो सिजनको अन्तिम खेल समेत जोड्दा उनले लगातार तेस्रो पटक यो अवार्ड हात पारेका हुन्। आइपिएल इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने खेलाडीको संख्या निकै कम छ।
त्यसअघि दिल्लीको घरेलु मैदान अरुण जेट्ली रंगशालामा पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो। टोलीका लागि कप्तानी सम्हालेका सूर्यकुमार यादवले ३६ बलमा ३ चौका २ छक्कासहित ५१ रनको अर्धशतक बनाए। रोहित शर्माले २६ बलमा ५ चौका र १ छक्का ३५ रन जोडे। अन्य ब्याटर भने खासै चल्न सकेनन्।
दिल्लीका बलरमध्ये मुकेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए। अक्षर पटेल र लुंगी एन्गिडीले पनि किफायती बलिङ गरे।१ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीको सुरुवात राम्रो हुन सकेन। केएल राहुल (१ रन) र नितिश राणा (०) छिट्टै आउट भएपछि टोली दबाबमा परेको थियो।
तर पाथुम निसांकाले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाएर टोलीलाई खेलमा फर्काए।त्यसपछि मैदानमा आएका सामिरले आक्रामक ब्याटिङ गर्दै खेललाई दिल्लीको पक्षमा मोडे। डेभिड मिलर २१ रनमा नटआउट रहे। दिल्लीले आइपिएलमा लगातार दोस्रो जित निकालेको छ। मुम्बईले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू