
काठमाडौं । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य करिब ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो ।
गत चैत २० गते प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसको एक हप्तापछि अर्थात चैत २७ गते शुक्रबारसम्म आइपुग्दा २ हजार ९०० रुपैयाँले बढेको हो । महासंघका अनुसार, चैत २२ गते आइतबार सुन मूल्य स्थिर रह्यो । त्यस्तै, चैत २३ गते सोमबार सुन प्रतितोलामा २ हजार ६०० रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।
त्यस्तै, चैत २४ गते मंगलबार सुनको मूल्य ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चैत २५ गते सुनको मूल्य प्रतितोलामा ७ हजार २०० रुपैयाँले बढेर त्यस दिन २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तैगरी, गत चैत २६ गते बिहीबार सुन प्रतितोलामा ४ हजार २०० रुपैयाँले घटेर त्यस दिन २ लाख ९४ हजार ७०० रुपैयाँका कारोबार भएको थियो । त्यस्तैगरी, चैत २७ गते भने सुन प्रतितोला २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व