
काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज उच्च अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक भए पछिको पहिलो दिन बढेको बजारले एक दिनमा नै फेरि ओरालो यात्रा तय गरेको हो ।
आज सेयर बजार परिसूचक ३५ दशमलव ०९ अंकले घटेर २७२५ दशमलव ७१ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.२७ प्रतिशतले कम हो । आज सेयर बजारमा १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८३ अंकले घटेर ४७४ दशमलव ३५ विन्दुमा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १.४२ प्रतिशतले कम हो । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको मात्रै सेयर मूल्य बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिन ११ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ७२ हजार ६०१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित