
काठमाडौं । सेयर बजार पछिल्ला तीन दिन लगातार रुपमा उच्च अंकले बढेर कारोबार भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक ७५ दशमलव ८४ अंकले बढेर २८७० दशमलव ६३ विन्दुमा पुगेको हो ।
आज सेयर बजार अघिल्लो दिनको भन्दा २.७१ प्रतिशतले वृद्धि भएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २२ अंकले बढेर ५०० दशमलव ४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि आज वृद्धि भएको छ । अघिल्लो दिन १४ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे १६ अर्ब भन्दा माथिको कारोबार भएको हो । आज सेयर बजारमा ३११ कम्पनीका ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर १ लाख ४१ हजार ४३४ पटक खरिद बिक्री हुँदा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
सेयर बजारको समस्या समाधानका लागि कांग्रेसले थाल्यो विज्ञहरूसँग परामर्श
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग
सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो