नोनीले चेल्सी छाडे

काठमाडौं । नोनी माडुएकेले लन्डन क्लब चेल्सी छाडेका छन्। योसँगै प्रिमियर लिग क्लब आर्सनलमा स्थायी रूपमा आवद्ध भएका छन् । सन् २०२३ को जनवरीमा उनी नेदरल्यान्ड्सको पीएसभी एइन्धोभेनबाट चेल्सी आएका थिए। स्टाम्फोर्ड ब्रिज आएको त्यही सिजनको बाँकी भागमा उनले १२ खेल खेलेका थिए।

माडुएके पहिलो रोजाइका खेलाडी बने। सबै प्रतियोगितामा गरी उनले ३४ खेल खेले। उनले त्यो सिजन ८ गोल गरेका थिए । सन् २०२४÷२५ मा उनले थप ११ गोल गरेका थिए। चेल्सीले त्यो सिजन युइएफा युरोपा कन्फरेन्स लिग जितेको थियो।

च्याम्पियन्स लिगमा पनि पुनः स्थान सुरक्षित गरेको थियो । माडुएकेको प्रगति अन्तर्राष्ट्रिय स्तरमा पनि देखियो। उनले गत सेप्टेम्बरमा इङ्ल्यान्डको सिनियर टोलीबाट पहिलोपटक खेल्ने मौका पाए। त्यसयता ६ पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार