स्पेन युरोको फाइनलमा, उपाधिका लागि इंग्ल्याण्डसँग खेल्ने

काठमाडौं । स्पेन युइएफए महिला युरो फाइनलमा प्रवेश गरेको छ । ऐताना बोनमाटीको अतिरिक्त समयमा गरिएको गोलले जर्मनीलाई १–० ले हराउँदै स्पेन युरोको उपाधि नजिक पुगेको हो ।

स्पेनले अब उपाधिका लागि इंग्ल्यान्डसँग फाइनल खेल्नेछ । पछिल्लो विश्व कपमा यीनै दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । दुईपटक बलन डि’ओर जितेकी बोनमाटीले १ सय १३औं मिनेटमा गोलकिपर एन–क्याट्रिन बर्गरलाई छक्याउँदै गोल गर्दै टोलीको फाइनल यात्रा पक्का गरिन् ।

अन्तिम केही क्षणमा जर्मनीले दबाब तीव्र बनाएको थियो । तर गोलकिपर काटा कोलले लिया शुलरको प्रहार रोक्दै स्पेनलाई इतिहासमा पहिलोपटक युरोको फाइनलमा पुर्‍याइन् । अब स्पेनले सरिन विगम्यानको इंग्ल्यान्डसँग २०२३ को विश्व कप फाइनलमा जस्तै युरोको उपाधिका लागि खेल्नेछ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार