सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकममा कमी, एक दिन पनि टिकेन ३ हजार विन्दु माथि

काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेर कारोबार भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक ४७ दशमलव ९३ अंक घटेर २९५४ दशमलव १४ विन्दुमा झरेको हो ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ७५ अंकले घटेर ५०७ दशमलव ८४ विन्दुमा पुगेको छ । आज फ्लोट इन्डेक्स ३.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ७४ अंक घटेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।

आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन साढे १८ अर्ब माथिको कारोबार भएको बजारमा आज १६ अर्ब भन्दा माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर १ लाख ४१ हजार ५२० पटक खरिद बिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार