इंग्ल्याण्ड विरुद्धको अन्तिम टेष्टमा भारतको मध्यम सुरुवात

काठमाडौं । घरेलु टोली इंग्ल्याण्डविरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा भारतले मध्यम सुरुवात गरेको छ । ओभलमा जारी खेलमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको भारतले पहिलो दिनको खेल सकिदा मध्यम सुरुवात गरेको हो ।

वर्षाका कारण पटक पटक रोकिएको खेलको पहिलो दिन सकिदा भारतले ६ विकेट गुमाएर २०४ रन बनाएको छ । पहिलो दिन जम्मा ६४ ओभरको मात्रै खेल भएको छ । भारतका लागि करुण नायर अर्धशतक बनाएर खेलिरहेका छन् । अर्धशतक बनाएका नायरलाई वासिंटन सुन्दरले साथ दिइरहेका छन् ।

त्यसअघि साई सुदर्सन ३८, कप्तान शुभमन गिल २१, धुव्र जुरेल २१ तथा केएल राहुल १४ रनमा आउट भएका थिए । घरेलु टोलीका लागि पहिलो दिन जोस टंग र गस एटकिन्सनले समान २ तथा क्रिस वोक्सले १ विकेट लिए ।

पाँच खेलको टेस्ट सिरिजमा घरेलु टोली २–१ ले अघि रहेको छ । पहिलो र तेस्रो टेस्ट घरेलु टोली जित्दा दोस्रो टेस्ट पाहुना टोलीको पक्षमा रहेको थियो । केही दिन अघि सकिएको चौथो टेस्ट भने बराबरीमा सकिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार