दोहोरो अकंले बढ्यो बजार,कारोबार रकम करिब ११ अर्ब

काठमाडौं । तीन दिनसम्म निरन्तर ओरालो लागेको सेयर बजार आज सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अकंले बढेर २८७५.५५ बिन्दुमा कायम भएको छ ।

आज ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोडमाथिको कारोबार भएको छ । यसदिन ६ उपसूचक भने राताम्य भएका छन् भने ७ सूचकमा भने सुधार आएको छ । आज वाणिज्य बैंकको सेयर सबैभन्दा धेरै १.६२ प्रतिशतले बढेको छ । आज १४० कम्पनीको सेयरमूल्य बढेको छ भने ११० कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३७ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७३ प्रतिशतका दरले कमाएका हुन् । श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले कमाएका छन् । विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले ४.७२ प्रतिशतका दरले कमाएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार