क्लब विश्वकप विजेता चेल्सी पहिलो खेलमै अंक बाँड्न बाध्य

काठमाडौं । क्लब विश्वकपको उपाधि जितेको प्रिमियर लिग क्लब चेल्सीले घरेलु लिगको पहिलो खेलमा बराबरी खेलेको छ । विश्व विजेता बनेको एक महिनापछि चेल्सी प्रिमियर लिगको पहिलो खेलमै अंक गुमाउन बाध्य भएको हो ।

आइतबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा उसले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो । गत महिना अमेरिकामा भएको फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)लाई हराउँदै चेल्सीले क्लब विश्वकप जितेको थियो । छोटो प्रि–सिजनका कारण घरेलु लिगको पहिलो खेलमा चेल्सी लयमा देखिएन । प्यालेसले भने लामो तयारीका साथै गत साताको कम्युनिटी सिल्ड जितेको आत्मविश्वासका साथ खेलेको थियो ।

त्यस्तै अर्को खेलमा नटिंघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्दै सानदार सुरुआत गरेको छ । गत सिजन २० गोल गरेका टोलीका मुख्य स्ट्राइकर क्रिस ऊडले पहिलो हाफमै दुई गोल गरे भने डान न्डोयेले डेब्युमै गोल गर्न सफल भए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार