नेदरल्याण्ड्ससँग नेपाल २० रनले पराजित

काठमाडौं । महिला टी–ट्वेन्टी आई त्रिकोणात्मक क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलि नेपाल २० रनले पराजित भएको हो ।

नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता राना मगरले २८, कविता जोशीले २७, पूजा महतोले २४, रुविना क्षेत्रीले ११ रन बनाउँदा अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । उसका लागि रोबिनी रिज्केले अविजित ५९ रनको योगदान गरिन् । आइरिस ज्वीलिङ पनि ३१ रनमा नटआउट रहिन् । स्टेयर कालिसले २९ र हिथर साइगर्सले २३ रन जोडिन् ।

नेपालकी सिता रानामागर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुँवरले एक एक विकेट लिए । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज सुरु भएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार