काठमाडौं । टप एन्ड टी-ट्वान्टी सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १ रनको झिनो अन्तरले हराएको छ। यो सँगै नेपालको सेमिफाइनल पुग्ने संभावना समाप्त भएको छ। जितको लागि १ सय ४५ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रनमा समेटियो।
ओपनर कुशल भुर्तेल ४ रनमा आउट भए। त्यसपछि अर्का ओपनर आशिफ शेख र कप्तान रोहित पौडेलले दोस्रो विकेटको लागि ५२ रनको साझेदारी गरे। आशिफ २७ रनमा आउट भए। रोहितले अर्धशतक बनाए।
४४ बलमा ६ चौका र १ छक्कासहित रोहित ५२ रन जोडे। यसपछि दीपेन्द्र सिंह ऐरीलाई अन्य खेलाडीले साथ दिन सकेनन्। दीपेन्द्रले भने टोलीलाई जित तर्फ डोर्याएका थिए। अन्तिम ओभरमा जितको लागि ८ रन आवश्यक थियो। तर नेपालले ६ रन मात्र बनाउन सक्यो।
अन्तिम बलमा ३ रन आवश्यक हुँदा १ रन बनाएर दीपेन्द्र रन आउट भए। योसँगै नेपाल १ रनको हार बेहोर्न बाध्य भयो। दीपेन्द्रले २१ बलमा ४१ रन बनाए। बलिङमा मोजम्मद वासिम र फैजल अक्रमले समान २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनायो। पाकिस्तान विरुद्ध नेपालले राम्रो सुरुवात गर्यो। पहिलो ओभरमा नन्दन यादवले मात्र २ रन दिए।
दोस्रो ओभरमा दीपेन्द्र २ विकेट लिए। १ रन बनाएका माझ सदाकत दीपेन्द्रको बलमा रोहितद्वारा क्याच आउट भए। लगतै २ रन जोडेका मोहम्मद फैक बोल्ड आउट भए। २ विकेट गुमाउँदा पाकिस्तानले मात्र ४ रन बनाएको थियो।
त्यसपछि यासिर खान र अब्दुल समादले तेस्रो विकेटको लागि ४० रनको साझेदारी गरे। १८ रन बनाएका ओपनर यासिर कुशलको बलमा सन्दीप लामिछानेको बलमा क्याच आउट भए। घाज घोरी सोमपाल कामीको बलमा बोल्ड आउट भए। उनले ४ रन बनाए। ४९ रन बनाउँदा पाकिस्तानले ४ विकेट लिए।
११ औं ओभरमा नन्दनले २ विकेट लिए। २५ बल खेलेर २६ रन बनाएका अब्दुल समाद कुशलद्वारा क्याच आउट भए। लगतै ३ रन जोडेका मुबासिर खान छैटौं विकेटको रूपमा पबिलियन फर्किए। ६ विकेटको नोक्सानीमा ६० रन बनाएको पाकिस्तानले ब्याटिङमा संघर्ष गर्यो।
सातौ विकेट सोमपालले लिए। मेहरान मुम्ताज १० रनमा गुलशनद्वारा समातिए। कप्तान ईरफान खानले २६ बलमा ३ चौका र १ छक्का सहित अविजित ४२ रन बनाए।
वालिङमा सोमपालले सर्वाधिक ३ तथा नन्दन र दीपेन्द्र २/२ विकेट लिए। नेपालले खेलेको ६ खेलमा ४ मा हार र २ जितको नतिजा सिरिजको अन्त्य गर्यो ।