
इर्लिङ हाल्यान्डले ह्याट्रिकसँगै साबिक विजेता म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा पुनरागमन जित हासिल गरेको छ । शनिबार भएको खेलमा सिटीले पाहुना टोली इपस्विप टाउनमाथि ४–१ को फराकिलो जित हासिल गरेको हो ।
लगातार दोस्रो जित हासिल गरेको सिटीले ६ अंक जोडेको छ । खेलको सातौं मिनेटमै घरेलु टोली १–० ले पछि परेको थियो । तर, सिटीले हाल्यान्डले दुई र केभिन डे ब्रुएनाले एक गोलमा पुनरागमन गर्यो ।
इपस्विपका सामीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, सिटीका लागि खेलको चार मिनेटमै हाल्यान्ड र ब्रुएनाले गोल गर्दै जित दिलाए । १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै हाल्यान्डले सिटीलाई खेलमा फर्काए । त्यसको दुई मिनेटपछि ब्रुएनाले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए। १६औंं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले अग्रता ३–१ मा पु¥याएको थियो । पहिलो हाफमा तीन गोल गरेको सिटीबाट ८८औं मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गरे ।













समाचार
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?