पिएसजीको लगातार दोस्रो जित

काठमाडौं । फाबियन रुइजको एक मात्र गोलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शुक्रवार लिग वानमा अन्जेर्सलाई हराएको छ । पिएसजीले २०२५/२६ लिग वान को पहिलो घरेलु खेलमा अन्जेर्सलाई १–० ले हराउँदै लगातार दोस्रो जित दर्ता गराएको हो ।

पहिलो हाफमा उस्मान डेम्बेलेले पाएको पेनाल्टी अवसर गुमाए पनि लुइस एनरिकको टोलीलाई ५०औँ मिनेटमा फाबियन रुइजको गोलमा पिएसजीले जित निकाल्यो । खेलको सुरुवातीमा अन्जेर्सको कडा रक्षात्मक पंक्तिलाई तोड्न पिएसजीले संघर्ष ग¥यो। २५औँ मिनेटमा जोआओ नेभेसलाई बक्सभित्र मारियस कोर्कुलले फाउल गरेपछि पेनाल्टी पाएको थियो। तर बलोन डि’ओरका दाबेदार डेम्बेलेले स्पट–किक गोलपोस्टमाथि प्रहार गर्दा मौका गुम्यो ।

खेलको अन्तिमतिर फाबियनले दोस्रो गोलको अवसर पाए पनि उनको प्रहार पोस्टमा लागेर बाहिरियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार