
काठमाडौं । कप्तान एबी डिभिलियर्सले शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले इङग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप लिजेन्डमा लगातार तेस्रो जित निकालेको छ । लेस्टरमा बिहिवार इङग्ल्याण्ड च्याम्पियन्सलाई दक्षिण अफ्रिकाले १० विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो ।
१५३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कप्तान डिभिलियर्सले ५१ बलमा १५ चौका र ७ छक्काको सहयोगमा अविजित ११६ रन बनाए । अर्का ओपनर हसिम अम्लाले २५ बलमा ४ चौकाको सहयोगमा अविजित २९ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५२ रन बनाएको थियो । इङ्ग्ल्याण्डका ओपनर फिल मस्टर्ड ३३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । स्मिथ पटेल २४, कप्तान इयान मोर्गान २० तथा मोइन अली १० रनमा आउट भए ।
टिम एम्बोर्स १९ र लियम प्लान्केट १३ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका वाइन पार्नेल र इम्रान ताहिरले समान २ तथा क्रिस मोरिस र डुनी ओलीभरले समान १ विकेट लिए । सबै ३ खेल जितेको दक्षिण अफ्रिका ६ अंकसहित शीर्ष स्थानमा छ । इङ्ग्ल्याण्ड ४ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका क्रिकेटरको सहभागिता छ । प्रतियोगितामा ६ टोलीको सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल अगस्ट २ मा हुनेछ ।













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि