
काठमाडौं । मलेसियाविरुद्धको टी–२० आई सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलि पराजित भएको छ । आज भएको खेलमा नेपाल १३ रनले पराजित भएको हो ।
योसँगै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता लिएको छ । पहिलो खेलमा मलेसियाले ३ रनको जित हात पारेको थियो । दोस्रो खेलमा भने नेपालले ६ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरीमा ल्याएको थियो । तेस्रो खेलमा मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो ।
नेपालकी ओपनर रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाइन्। ३७ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। कप्तान इन्दु बर्मा २२, ओपनर सम्झना खड्का १८ र कविता कुँवर १५ रनमा आउट भइन् । मलेसियाका नुर दानिया र एलिसा फिरदौजले समान १ विकेट लिइन् । त्यसअघि क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ४ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।
ओपनर आइन्ना हमिजाह हाशिमको सर्वाधिक ६१ रन बनाइन्। ५८ बलमा उनले ५ चौका प्रहार गरिन्। मास एलिसा ३० र वान जुलिया १६ रनमा आउट भइन् । नेपालका कविता कुँवर र कविता जोशीले समान २ विकेट लिइन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व