मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई वितरण गरिने लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार