सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकम ४ अर्ब ७२ करोड

काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । पछिल्ला केही दिनदेखि लगातार रुपमा घटीरहेको बजार आज १६.६४ अंकले घटेर २७२६.३३ विन्दमाु पुगेको हो ।

आज सेयर बजारमा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.७४ अंकले घटेर ४७०.९४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।

आज सेयर बजारमा ४ अर्ब ७२ करोड माथिको कारोबार भएको छ । ३२६ कम्पनीका १ करोड १३३ लाख ४५ हजार ९९४ कित्ता सेयर ६८ हजार ५९४४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा भने आज सकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार