इङ्ल्यान्डको कीर्तिमानी जित, दक्षिण अफ्रिका ३४२ रनले पराजित

काठमाडौं । इङ्ल्यान्डले दक्षिण अफ्रिका विरुद्धको क्रिकेटमा कीर्तिमानी जित दर्ता गराएको छ । तेस्रो एकदिवसिय खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई ३४२ रनको पराकिलो अन्तरले पराजित गरेको हो ।

जितका लागि ४१४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ७२ रनमा अलआउ भयो । पाहुना टोली ९ विकेट गुमाएको अवस्थामा कप्तान टेम्बा बावुले घाइते भएका कारण ब्याटिङ गर्न सकेनन् । यसरी इङ्ल्यान्डको ओडिआई इतिहासकै यो सबैभन्दा ठूलो रन अन्तर जित हो । ओडिआई सिरिज दक्षिण अफ्रिकाले २–१ ले जितेको छ ।

साउथह्याम्पटनमा भएको खेलमा २१ वर्षीय जेकब बेटहेलले पहिलो एकदिवसिए शतक प्रहार गरेको खेलमा घरेलु टोलिले ऐनिहासिक जित निकालेको हो । उनले ८२ बलमा ११० रन बनाए । उनले जो रुटसँग १ सय ८२ रनको साझेदारी गरे। रुटले पनि ९६ बलमा शतक पूरा गरे । अन्त्यतिर जोस बटलरले ३२ बलमा नटआउट ६२ रन जोडेपछि इङ्ल्यान्डले ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय १४ रनको ठूलो योगफल बनायो ।

यो तीन वर्षयताको सबैभन्दा ठूलो ओडिआई स्कोर हो । त्यस्तै इङ्ग्ल्याण्डले सन् २०१८ यता घरेलु मैदानमा बनेको उच्चतम स्कोर हो । जवाफमा दक्षिण अफ्रिकाको ब्याटिङ लाइनअप ध्वस्त भयो। जोफ्रा आर्चरले सुरुवातमै ४ विकेट लिँदै दक्षिण अफ्रिकालाई खुलेर खेल्न दिएनन् । उनले ४ विकेटका लागि १८ खर्चे । आदिल राशिदले १३ रन खर्चेर ३ विकेट लिए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार