हिमालयन बैंक बत्तीसपुतली शाखाको लकर सेवा कमलादीमा सारियो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षति पुगेको हिमालयन बैंकको बत्तीसपुतली शाखामा रहेको लकर सेवा कमलादी सारिएको छ । तोडफोडपति अब यो सेवा अब बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयबाट उपलब्ध हुने भएको हो ।

भदौ २४ गतेको घटनामा शाखा कार्यालयमा ठूलो क्षति पुगेपछि सुरक्षित ढंगले सम्पूर्ण लकरहरू केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार बत्तीसपुतली शाखामा लकर सुविधा प्रयोग गर्दै आएका ग्राहकहरूले अब आफ्नो लकर सेवा कमलादीस्थित कार्यालयमै प्रयोग गर्नुपर्नेछ ।

यस्तै, दैनिक बैंकिङ कारोबार भने नजिकैका अन्य शाखाबाट गर्न सकिने व्यवस्था गरिएको छ । बत्तीसपुतली शाखासँग सम्बन्धित सम्पूर्ण ऋण कारोबार भने दरबारमार्गको हिटी दरबार शाखाबाट निरन्तरता दिने बैंकले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार