जेनजी आन्दोलन पछि पहिलो पटक खुल्दै सेयर बजार

काठमाडौं । सत्ता परिवर्तन भएपछि आज पहिलो पटक सेयर बजार खुल्दै छ । जेनजी आन्दोलनका कारण २४ गतेदेखि बन्द भएको सेयर बजार आज खुल्न लागेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार दिएको निर्देशन बमोजिम नेप्सेले कारोबार खुलाउन लागेको हो । भदौ २३ गतेको जेनजी आन्दोलन चर्किएसँगै भदौ २४ देखि सेयर कारोबार बन्द थियो । भदौ २४ गते कफ्र्यू बीच पनि ठूलो आन्दोलन भएपछि असोज २ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय भएको थियो । तर गत आइतबारदेखि जनजीवन सामान्य अवस्थामा फर्किएसँगै सेयर कारोबार खुलाउन दबाब परेको थियो ।

नेप्सेले असोज १ गतेबाट कारोबार खुलाउने गृहकार्य गरेको भए पनि जेनजी आन्दोलनका शहीदहरुको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेपछि सेबोनले असोज २ गतेबाट कारोबार खोल्न नेप्सेलाई निर्देशन दिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार