काठमाडौं । बजार ६ प्रतिशतले घटेसँगै बिहीबारका लागि सेयर कारोबार स्थगित भएको छ । नेप्सेमा लगातार तेस्रो सर्किट लाग्दै बजार ६ प्रतिशाले घटेपछि आजका लागि सेयर कारोबार स्थगित भएको छ । अब बजार आगमी आइतबार (असोज ५ गते) बिहान ११ बजेमात्र खुल्नेछ । बजार ६ प्रतिशतले घटेपछि दिनभरका लागि कारोबार बन्द हुने प्रावधान अनुसार यसदिन बजार नखुल्ने भएको हो ।
बजार २५११.९१ विन्दुमा आएको छ । यसदिन नेप्से सूचक १६०.३३ अंकले घटेको छ । ७२ करोड ८७ लाख बराबरको कारोबार भएको छ ।