नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० क्रिकेट आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली सयम अनुसार राति सवा ८ बजे शुरू हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जीत हासिल गरेको नेपाललाई आजको खेल जित्दै आइसीसीको पूर्ण सदस्यराष्ट्र विरुद्धको सिरिज जित्ने अवसर पनि रहेको छ ।

वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो । त्यस्तै दुई पटक नै एकदिवसिय क्रिकेटको उपाधि पनि उसले जितेको छ । तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार