पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  ६ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो । घटनास्थलमा रहेका पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिए ।

अरु ६ जना घाइते छन् । उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय खुलेको छै्रन । सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार