
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन भएको छ । अघिल्ला ४ दिन नै बढेको सेयर बजार आज भने घटेर बन्द भएको हो ।
यो साताको पहिलो दिनदेखि नै बढेको सेयर बजारमा आज ११ दशमलव १० अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६५४ दशमलव ३५ विन्दुमा पुगेको छ । अघिल्लो दिन भने नेप्से ५२ अंकले बढेको थियो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९९ अंकले घटेर ४४६ दशमलव ८१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये २ वटाको सेयर मूल्य मात्रै बाढेका छ भने बाँकी ११ वटको सेयर मूल्य राताम्य भएर बन्द भएको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्प्नीका १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर ८४ हजार ७ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर