काठमाडौं । वर्षा कम भएर आकाश खुल्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइ उडान र अवतरण नियमित हुन थालेका छन् । प्रतिकूल मौसमका कारण हिजोदेखि आन्तरिकतर्फका उडान रोकिएका थिए ।
अन्तर्राष्ट्रिय उडानहरु पनि डाइभर्ट भएका थिए । पानी पर्न रोकिएपछि आज बिहानदेखि उडान र अवतरण नियमित भैरहेका विमानस्थलले जनाएको छ ।