
काठमाडौं । इरानमा अमेरिकी तथा इजरायली आक्रमण र इरानको प्रत्याक्रमणबीच अशान्त खाडी मुलुकमा नेपालबाट हुने नियमित उडान हरेक दिन रद्द भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले हरेक दिन औसत डेढ दर्जन उडान रद्द भइरहेका छन् । यसले ३० भन्दा बढी आगमन र प्रस्थान गर्ने यात्रु उडान प्रभावित हुने गरेको छ ।
सोमबार जजिरा एयरवेजको कुवेत–काठमाडौं–कुवेत उडान रद्द भएको छ । कुवेतको सोही रुटमा निर्धारित दुई उडान रद्द भएको हो । त्यस्तै एयर अरेबियाको सारजहाँ–काठमाडौं–सारजहाँ उडान रद्द भएको छ । फ्लाइ दुबईको दुबई–काठमाडौं–दुबई रुटका तीन र दोहा रुटको एक उडान रद्द भएको छ ।
नेपाल एयरलाइन्सको काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दुबई–काठमाडौं रुटमा उडान रद्द भएको छ । कतारको समेत दोहा–काठमाडौं–दोहा उडान रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । हिमालय एयरलाइन्सको काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दमाम–काठमाडौं उडान रद्द भएको छ ।













समाचार
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन
पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, के के कुरा समेटिए ? (यस्तो छ पूर्णपाठ)