
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावमा आम चुनावमा खट्ने पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् उनले क्रान्ति यात्राकै क्रममा चुनाव आएकोले यसलाई पार्टीले संघर्षको मोर्चाको रूपमा प्रयोग गरेको तर्क गरेका छन् ।
‘क्रान्तिको यात्रामा चुनाव आयो । चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं,’ उनले भनेका छन्, ‘१३० ठाउँमा कमरेडहरू पार्टीको निर्णय अनुसार जोस र उत्साहका साथ मोर्चामा नेतृत्व गर्नुभयो । एकदमै मेहनतकासाथ जनतामाझ पुगेर पार्टीका विचार, नीति र उद्देश्य राख्नु भयो ।’
महासचिव विप्लवले चुनावका क्रममा जनताले सबैतिर सकारात्मक सद्भाव राखेको जिकिर गरेका छन् । ‘परिणाम जे आए पनि यो हाम्रो साझा लडाइँ हो। संसद्मा पुगेर मात्र होइन, जनताको बीचबाट देश र जनताको हितमा डटेर संघर्ष र निर्माणको नेतृत्व गरिनेछ,’ उनले लेखेका छन् ।
विप्लपले भनेका छन्, ‘पूँजीवाद रहेसम्म समाजवादी-साम्यवादी क्रान्ति जारी रहनेछ ।’ नेकपा (माओवादी) ले सोमबार साँझसम्म समानुपातिकतर्फ देशभरिबाट २२ हजार ११८ मत पाएको छ भने प्रत्यक्षतर्फ पनि उम्मेदवारहरूले निकै कम मात्र मत प्राप्त गरेका छन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना