एनआरएनए अमेरिकाले आङ जाङबु शेर्पालाई सल्लाहकारमा मनोनित

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आङ जाङबु शेर्पालाई सल्लाकारमा मनोनित गरेको छ । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिका–१ निवासी शेर्पालाई आफ्नो नयाँ कार्यसमितिको सल्लाहकार पदमा मनोनीत गरेको हो ।

उनले लामो समयदेखि अमेरिकामा बसेर नेपाली समुदाय, विशेषगरी शेर्पा समुदायको हकहित र पहिचानको संरक्षणका लागि उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । शेर्पा हाल विश्व शेर्पा संघका महासचिव रहेका छन् । साथै उनी शेर्पा किदुग अमेरिकाको समेत महासचिव हुन् । यसअघि उनी शेर्पा संघ अमेरिकाको अध्यक्ष रहेका थिए । विभिन्न संघसंस्थामा सक्रिय भएर समुदायबीच एकता, सहयोग र सांस्कृतिक पहिचान प्रवद्र्धनमा उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

आङ जाङबु शेर्पाको यो मनोनयनले अमेरिकास्थित नेपाली र शेर्पा समुदायबीच थप उत्साह र एकताको भावना बढाउने अपेक्षा गरिएको छ । उनले आफ्नो जिम्मेवारी पूरा निष्ठा, अनुभव र पारदर्शिताका साथ पूरा गर्ने विश्वास व्यक्त गरे । उनले एनआरएनए अमेरिकाको सल्लाहकारको रूपमा काम गर्दै नेपाली प्रवासी समुदायका समस्या समाधान, नयाँ पुस्तामा नेपाली भाषा र संस्कृतिको संरक्षण, र नेपालको विकासमा प्रवासीहरूको योगदान बढाउने विषयमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार