
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओमा आवेदन आजदेखि खुल्ने भएको छ । पहिलो चरणमा उद्योग प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँड गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा जारी गरी बाँडफाँड समेत गरिसकेको छ ।
अब कम्पनीले बाँकी सेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि र २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यस आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्तासम्म माग गर्न सकिनेछ । निष्काशन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा मात्रै फागुन २६ गते निष्काशन बन्द हुनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई “आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल