भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ मा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने र साइत नहेर्नेका लागि भने बिहानदेखि मध्याह्नसम्म कुनै बाधा नरहेको समितिले जानकारी दिएको छ ।

तिहार अर्थात् यमपञ्चक पर्व कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ । सो दिन यमदीप दान र धनतेरस पर्व पनि मनाइनेछ । कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार कुकुर तिहार, नरक चतुर्दशी तथा लक्ष्मीपूजा मनाइँनेछ ।

कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्मपूजा (म्ह पूजा) गरिनेछ । यसै दिन नेपाल संवत् ११४६ नयाँ वर्षको पनि शुरुवात हुनेछ र ६ गते भाइटीका मनाइँनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार