
गलकोट । बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धन संरक्षणको जिम्मा लगाइएको पञ्चासेमा अहिले धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पौराणिक तथा धार्मिक महत्व बोकेर पनि ओझेल परेको कुवेरधामलाई हिमालयन बाबाको अगुवाइमा पूर्वाधार निर्माण, प्रचार–प्रसारलगायतका काम अघि बढाइएको छ ।
जगत्गुरु रामानुजाचार्य त्रिडण्डी स्वामी श्री हिमालयन बाबाका अनुसार, कुवेरले साधना गरेको मालिका मन्दिर क्षेत्र र कुवेरलाई धनकुवेरको नामकरण गरी धनको संरक्षणस्थलका रूपमा रहेको पञ्चासेमा कुवेरको ५४ फिट अग्लो मूर्तिसहित अन्य पूर्वाधार निर्माण गर्न योजना बनाइएको छ । धार्मिक हिसाबले अत्यन्तै महत्व बोकेको कुवेरधाममा ५४ फिट अग्लो कुवेरको मूर्ति निर्माण गर्ने लक्ष्यका साथ बागलुङ नगरपालिकाको सहयोगमा डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) समेत बनाइएको छ ।
गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयको रु १० लाखबाट कुवेरधाममा मन्दिरलगायत संरचना बनाउन थालिएको र कुवेरको मूर्ति, सिसमहल, जनकल्याण भवनलगायत धार्मिक संचना बनाउनका लागि नौ करोड ६४ लाखको डिपिआर तयार पारिएको हो । बागलुङ नगरपालिकाले रु तीन लाख खर्चेर पूर्वाधार निर्माणका लागि आवश्यक डिपिआर तयार पारेर हस्तान्तरण गरेको उपप्रमुख राजु खड्काले जानकारी दिए ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ स्थित पौलस्य पुलहआश्रममा जन्मेर बागलुङको मालिकामा साधन गर्नुभएको स्थानमा कुवेर शिला, मन्दिरलगायत स्थल थिए । धार्मिक ग्रन्धमा कुवेरले साधना गरेको स्थान तथा धनकुवेर नामकरण गरेको पञ्चासे रहेको र त्यो कुरा त्यहाँ भएको मन्दिर तथा पौराणिक वस्तुले प्रमाणित गर्ने हिमालयन बाबाको भनाइ छ । पञ्चासेमा प्राचीन कुवेरधाम शिला र मन्दिर थियो । उक्त मन्दिरको अहिले जीर्णोद्वार भइरहेको छ । पाँच रोपनीमा कुवेरधामको संरचना बनाएर धार्मिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको र बागलुङ नगरपालिकाले डिपिआर बनाउन सघाएको उपप्रमुख खड्काले बताए ।
पछिल्लो तीन वर्षयता कुवेरधाममा धार्मिक संरचना निर्माणले तीव्रता पाएको छ । उपप्रमुख खड्काका अनुसार दाताको सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ । कुवेरधाममा पुग्ने सडक स्तरोन्नति, कुटी निर्माण, आश्रयस्थल, शौचालय, पदमार्गलगायत संरचना पनि बनिरहेका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम