काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट प्रतियोगिताको अन्तिम खेल आज नेपाल र सामोआबीच हुँदैछ । विश्वकपमा छनोट भइसकेको नपाल र तालिकाको पुछारमा रहेको सामोआबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा चार बजे शुरु हुनेछ ।
नेपालले आफ्नो अविजित यात्रा जारी राख्न र ट्रफीका लागि खेल्दैछ भने सामोआ सुपरसिक्समा आफ्नो पहिलो जितको लागि खेल्नेछ । दुई खेल खेल्न बाँकी हुँदा नै विश्वकपमा छनोट भइसकेको नेपाल ८ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । सामोआले भने अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन ।
आजको खेलमा जित निकाल्दै नेपाल छनोट प्रतियोगिताको उपाधि उचाल्ने योजनामा रहेको छ । आजको खेलमा जित निकाले नेपालले यो प्रतियोगिता अपराजित रहँदै उपाधि उचाल्ने छ ।