
काठमाडौं । नेपाल पुलिस क्लब पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
पुलिसको जितमा विवेक पाण्डे र राम वजीले एक/एक गोल गरे । पूर्व विजेता टोलीहरु आयोजक सहारा क्लब, एपीएफ र संकटा यस पटकको पोखरा गोल्डकपबाट बाहिरिसकेका छन् । थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ । ब्ल्याक बुल्स हिजो नेपाल आइपुगेको छ । २४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना