काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । तिहार बिदापछि आज आइतबार सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा आइपुगेको छ ।
यसअघिको कारोबार दिनमा सुन २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदी पछिल्लो कारोबार दिन प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा झरेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको हो ।