प्रभु बैंकको ४ लाख २२ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले ४ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न १० जना संस्थापक सेरधनीहरूको नाममा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयधरनीहरूलाई प्राथमिकता दिएर यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुला गरेको बैंकले जनाएको छ । सो सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार