
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २३.३७ प्रतिशतले नाफा घटेको हो ।
वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्म ३९ करोड ५६ लाख रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा ५१ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । प्रकाशित विवरणअनुसार चालु आवको ९ महिनाको अवधिसम्म कम्पनीले १६ करोड ६८ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म १० करोड १६ लाख रूपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष भने ६४.१७ प्रतिशत बढी खुद बीमा शुल्क आर्जन गरेको हो ।
यस वर्ष कम्पनीको कुल आम्दानी समेत ९२ करोड ८६ लाख रूपैयाँबाट ८.१६ प्रतिशतले घटेर ८५ करोड २८ लाख रूपैयाँमा झरेको छ भने कुल खर्च २६ करोड ३ लाख रूपैयाँबाट २८ प्रतिशतले बढेर ३३ करोड ३४ लाख रूपैयाँ पुगेको छ। चुक्ता पुँजी २६ करोड ६६ लाख रूपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ९० लाख रूपैयाँ र जगेडा कोषमा २ अर्ब ४६ करोड रूपैयाँ सञ्चिति रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा चालु आवमा ४५.२६ रूपैयाँले घटेर १४८.३९ रूपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ ६ हजार ३२१.४४ रूपैयाँ रहेको छ ।












समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना