काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५ दशमलव ४१ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६०९ दशमलव ६७ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ०.९६ प्रतिशतले कम हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये जम्मा ४३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५५ अंकले घटेर ४४३ दशमलव ९९ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उप समूहमध्ये सबैको सेयर मूल्य घटेको छ ।
आइतबार परिसूचसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । आज सेयर बजारमा ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी बिहीबारको करोबार बन्द हुँदा सेयर बजारमा ७ अर्ब ३० करोडभन्दा माथिको कारोबार भएको थियो ।
आजको कारोबार बन्द हुँदा १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।