एनएलजी इन्स्योरेन्सको हकप्रद बाँडफाँड

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ देखि पुस १६ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर माघ ६ गते बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीले कात्तिक २७ गतेसम्म कायम सेयरधनीका लागि ६२.५६ प्रतिशतका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री खुला गरेको थियो ।

बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ । कम्पनीको ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद बिक्री नभएको देखिन्छ । यसरी अवितरित हकप्रद कम्पनीले लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउनेछ ।

साथै आफ्नो कायम हकभन्दा बढी कित्ता माग गरी दरखास्त दिएका आवेदकको हकमा बाँडफाँडमा नपरेको हकप्रद सेयर वापतको रकम भोलि माघ ९ गतेदखि आईपीएस मार्फत आवेदकको बैंक खातामा पठाइने जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार