
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ देखि पुस १६ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर माघ ६ गते बाँडफाँड गरेको जनाएको छ ।
कम्पनीले कात्तिक २७ गतेसम्म कायम सेयरधनीका लागि ६२.५६ प्रतिशतका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री खुला गरेको थियो ।
बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ । कम्पनीको ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद बिक्री नभएको देखिन्छ । यसरी अवितरित हकप्रद कम्पनीले लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउनेछ ।
साथै आफ्नो कायम हकभन्दा बढी कित्ता माग गरी दरखास्त दिएका आवेदकको हकमा बाँडफाँडमा नपरेको हकप्रद सेयर वापतको रकम भोलि माघ ९ गतेदखि आईपीएस मार्फत आवेदकको बैंक खातामा पठाइने जनाएको छ ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन