काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ३०.०२ अंकले घटेको छ । बजार २५६६.०९ विन्दुमा पिगरे बन्द भएको छ । यसदिन ३२३ कम्पनी ४७ हजार २६८ पटकको कारोबार हुँदा १ करोड ६ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ९० करोड ७६ लाख पुगेको छ । यो रकम बिहीबारको तुलनामा ५० करोड ९३ लाख कम हो ।
आइतबार सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.३६ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ प्रतिशतले घटेको छ ।यसदिन सबै उपसमूह घटेका छन् । बैंकिङ १.२९ प्रतिशत, विकास बैंक १.८१, वित्त २.९१, होटल्स तथा पर्यटन समूह ०.६९, जलविद्युत १.१८, लगानी १.५५, जीवन बीमा १.३४, उत्पादन र प्रशोधन ०.८४, लघुवित्त १.२८, म्युअुचल फण्ड १.०८ , निर्जीवन बीमा १.३५, अन्य समूह ०.१२ र व्यापार समूह ०.५७ प्रतिशतले घटेको छ ।
यस दिन सर्वाधिक कमाउने कम्पनीमा दरमखोला हाइड्रो एनर्जी लिमिटेड ९.९९ प्रतिशत बढेको छ भने माबिलुङ्ग इनर्जी लिमिटेड र सागर डिस्टिलरी ९.९८ , रुरु जलविद्युत परियोजना ९.९३ र नेपाल एसबिआई बैंक डिबेन्चर ८३ ९.८७ प्रतिशत घटेको छ ।