
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ दशमलव ३५ अंकले बढेर बन्द भएको हो ।
सोमबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७५८ दशमलव ७५ विन्दुमा पुगेको छ । कारोबार खुल्नेबित्तिकै देखि उच्च अंकले बढेको बजार कारोबार बन्द हुने समयमा भने केही घटेर अन्तिम समयमा हरियो भएर बन्द भएको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९० वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १४५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६० अंकले बढेर ४५९ दशमलव २५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक सामान्य बढेको दिन आज कारोबार रकममा भने केही कमी आएको छ । अघिल्लो दिन ११ अर्ब ५४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज ३१० कम्पनीका २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर १ लाख ३ हजार २६२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आजको सेयर कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि